Jul 12, 2017
Nepal-India Trade, Transit and Connectivity: Issues and facilitations कार्यक्रम (२०७४/३/२८)

भारतस्थित नेपाली राजदुतावास र Institute for Defence Studies and Analyses-IDSA को संयुक्त तत्वावधानमा आज भारतको विशाखापटनम आयोजना गरिएको Nepal-India Trade, Transit and Connectivity: Issues and facilitations विषयक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापति अशोक कुमार टेमानी र महासचिव सुरेश मान श्रेष्ठले भाग लिनु भयो । 



उक्त कार्यक्रमको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विशाखापटनम पोर्ट ट्रष्टका अध्यक्ष एम टी कृष्ण बाबुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । आफ्नो उद्घाटन मन्तव्यका क्रममा नेपाली राजदूत उपाध्यायले विशाखापटनम पोर्ट प्रयोग गर्ने सम्बन्धमा नेपाल र भारत बीच गत वर्ष भएको महत्वपूर्ण सहमतिको सन्दर्भमा कार्यक्रमको लागि विशाखापटनम छनौट गरिएको स्पष्ट पार्नुभयो । 

विशाखापटनम पोर्ट ट्रष्टका अध्यक्ष एम टी कृष्ण बाबुले नेपालका लागि कार्गो क्लियरेन्स, मूल्य, समय सवै हिसावले कोलकत्ता पोर्ट भन्दा विशाखापटनमा सजिलो रहेको बताउनु हुंदै आफ्नो संस्थाले नेपाललाई सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।



सो अवसरमा महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापति र महासचिवबाट आफ्नो धारणा राख्नु भएको थियो । सो क्रममा महासंघका महासचिव श्रेष्ठले कोलकत्ता पोर्टमा नेपालले भोगीरहेका समस्याहरू वारे जानकारी गराउनु भयो । उक्त पोर्टमा विभिन्न अतिरिक्त शुल्कहरू बुझाउनु परेको तथा कतिपय दिनमा कार्गो छुट्नका लागि लामो समय लाग्दा निकै ठूलो आर्थिक नोक्सानी भएको समेत उहांले स्पष्ट पार्नुभयो । साथै उहांले कोलकत्तामा रहेको काउन्सुल विस्तारमा समेत जोड दिनुहुंदै नेपालका लागि विशाखापटनम पोर्टले सहुलियत दरमा सेवा उपलव्ध गराउनु पर्ने, इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम, निजी क्षेत्र र पोर्टका अधिकारी बीच नियमित बैठक छलफल भेटघाट लगायतका सुझाव दिनु भयो । 

उक्त कार्यक्रममा दुबै देशका सरकारी तथा निजी क्षेत्रका पदाधिकारीहरु, उद्यमी व्यबसायीहरु, विज्ञहरु, पोर्ट सम्बद्ध अधिकारीहरुको सहभागिता रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by