Jul 07, 2017
महासंघका अध्यक्ष राणाबाट सुर्खेतमा लगानीका अवसर र सम्भावना विषयक प्रोफाइल विमोचन (२०७४/३/२२)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सुर्खेतमा लगानीका अवसर र सम्भावना विषयक प्रोफाइलको आज एक समारोहका बीच महासंघ सचिवालयमा विमोचन गर्नुभयो । उक्त प्रोफाइल नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा संचालित उच्च मूल्यका कृषि वस्तु विकास आयोजनाको सहयोगमा महासंघको सदस्य सुर्खेत उद्योग वाणिज्य संघले तयार पारेको हो । प्रोफाइलमा सुर्खेतमा रहेको व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यवसायिक कृषि, जलविद्युत, पूर्वाधार निर्माण, जडीवूटी लगायतका क्षेत्रमा लगानीका सम्भाव्यताका विषयहरु समेटिएका छन् । 

महासंघ सचिवालयमा आयोजित लगानीका सम्भावना तथा नीतिगत चुनौति विषयक अन्तरक्रिया कार्यक्रम एवं प्रोफाइल विमोचन कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि अध्यक्ष राणाले सुर्खेत सहित सिंगो प्रदेश नम्वर ६ नै लगानीका लागि अत्यन्त उर्वर भूमी रहेको तर लगानी भने हुन नसकेको अवस्थामा सम्भावनालाई यथार्थतामा रुपान्तरण गर्नु पर्ने वेला आएको वताउनु भयो । 

अध्यक्ष राणाले उर्जा, पर्यटन, कृषि, खानीजन्य उद्योग, शिक्षा एवं स्वास्थ्य क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताउनु हुंदै त्यसको क्षेत्रको विकासको नेतृत्वदायी भूमिका निर्वाह गर्न सुर्खेत उद्योग वाणिज्य संघलाई अनुरोध गर्नुभयो । अध्यक्ष राणाले महासंघले आगामी सेप्टेम्वरमा काठमाडौंमा लगानी सम्मेलन गर्ने र सुर्खेत उद्योग वाणिज्य संघले अगाडी सारेका त्यस क्षेत्रका सम्भावित लगानीका क्षेत्रहरुमा लगानी आकर्षण गर्न सहयोग गर्ने विश्वास दिलाउनु भयो । 

स्थानीय तहको निर्वाचन पश्चात अव मुलुकविस्तारै विकास तर्फ अगाडी बढ्ने आशा पलाएको भन्नु हुंदै अध्यक्ष राणाले मुलुकको आर्थिक विकासको नेतृत्वदायी भूमिकाको जिम्मेवारी लिन सवै उवासंघहरुलाई तयार रहन आग्रह समेत गर्नुभयो । 



महासंघको कार्यकारिणी समितिका सदस्यहरु गुणनीधि तिवारी, हेमराज ढकाल, महासंघका महासचिव सुरेश मान श्रेष्ठ सहभागी रहनु भएको सो कार्यक्रम सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका तर्फबाट उपसचिव महेश खरेलले नेपालमा लगानीका अवसर तथा चुनौती, कृषि मन्त्रालयका उपसचिव वासुदेव काफ्लेले कृषि क्षेत्रमा लगानीका लागि नीतिगत प्रावधान, कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारि अधिकृत प्रदीप महर्जनले कृषि व्यवसायको विकासका लागि लगानीका वारेमा निजी क्षेत्रको अवधारणा, सुर्खेत उवासंघका तर्फबाट सुर्खेतमा लगानीका अवसर र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशकद्वय विमल नेपाल र शिरीस पुनले पनि आआफ्नो धारणा राख्नु भएको थियो । 

कार्यक्रममा प्रदेश नम्वर ६ का उद्योग वािणज्य संघका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु सहित उद्यमी व्यवासीहरुको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by