Jun 14, 2017
महासंघका प्रतिनिधिमण्डलद्धारा माननीय गृहमन्त्री समक्ष ज्ञापन पत्र पेश (२०७४/२/३१)

महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महोत्तरी जिल्लाकी ब्युटी पार्लर व्यवसायीमाथि भएको बलात्कारको विषयमा दोषी उपर कार्वाहीको माग गर्दै माननीय गृहमन्त्री श्री जनार्दन शर्माज्यू समक्ष आज गृह मन्त्रालय, सिंहदरबारमा ज्ञापन पत्र पेश गरियो ।  

ज्ञापन पत्र मार्फत एक व्यवसायी महिलालाई आफ्नो कार्यस्थलमा आएर अज्ञात व्यक्तिहरूले गरेको सामूहिक बलात्कार जस्तो जघन्य अपराधको भत्र्सना गर्दै नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराइएको छ । 

सो अवसरमा बलात्कारमा संलग्न दोषीलाई शीघ्र पक्राउ गरी कानुन बमोजिम सजाय दिनुका साथै निजलाई क्षतिपूिर्तको व्यवस्था सहित स–सम्मान रूपमा व्यवसायिक सुनिश्चितता दिलाउन आग्रह गरियो ।

महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कार्य कारिणी समिति सदस्य एवं महिला उद्यमी विकास समितिको सभापति कमला श्रेष्ठ, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, निर्देशक मीना श्रेष्ठ लगायतका टोलीलाई संबोधन गर्नुहुँदै माननीय मन्त्री श्री जनार्दन शर्माज्यूले घटनाले आफुलाई निकै दु:खी तुल्याएको र घटनाको विषयमा गम्भीर रूपमा छानविन गरी अपराधीहरुलाई कुनै हालतमा पनि उम्कन नदिई कानुनको दायरामा ल्याई कानुन बमोजिम कार्वाही गर्नेे प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by