Jun 14, 2017
महोत्तरी जिल्ला, औरी गाउँपालिका–२, फूलबरियाकी ब्युटी पार्लर व्यवसायीमाथि यही जेठ २९ गते साँझ आफ्नो व्यवसाय स्थलमा नै आएर ६ जना अज्ञात व्यक्तिहरूले सामूहिक बलात्कार गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

मुलुकको संविधानले महिलाका हक अधिकार सुनिश्चित गरेको छ । त्यसै अनुरूप महिलाहरूले राष्ट्रको प्रमुख पदहरु समेत सम्हालिरहेको बदलिंदो परिस्थितिमा यस किसिमको महिलामाथि भएको जघन्य अपराधले महिलाहरूलाई असुरक्षित महशुस गराएको छ । महिलाहरू आत्मनिर्भर एवं स्वावलम्बी बनिरहेको अवस्थामा महिला व्यवसायीमाथि भएको यस प्रकारको दु:खद आपराधिक घटना बाट महिलाहरूको आत्मविश्वाशमा कस्तो असर पर्ला, यस्ता अपराधले अन्तर्राष्ट्रिय जगतमा देश प्रति कस्तो संदेश जाला, यस प्रति गम्भीर भएर सोच्नु पर्ने देखिएको छ  । 

अत: पीडित श्रेष्ठमाथि जबरजस्ती भएको सामूहिक बलात्कारमा संलग्न दोषीलाई शीघ्र पक्राउ गरी कानुन बमोजिम सजाय दिनुका साथै निजलाई क्षतिपूिर्तको व्यवस्था सहित स–सम्मान रूपमा व्यवसायिक सुनिश्चितता दिलाउन जोडदार माग गर्दै यस महासंघ उद्यमी व्यवसायी लगायत आम सर्वसाधारणको सुरक्षित जीवनयापन गर्न पाउने अधिकारको पूर्ण प्रत्याभूति हुनका लागि नेपाल सरकारसमक्ष आग्रह गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by