Jun 14, 2017
तुलसीपुरस्थित बुटवल वस्त्रालयका संचलक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा सल्लाहकार श्री राज कुमार श्रेष्ठ यही जेठ २६ गते, शुक्रबार, बेलुकी ८:३० बजेदेखी सम्पर्कविहीन हुनुभएको र उहाँ अपहरणमा पर्नुभएको आशंका सहितको खबर प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

केही समय यता अपहरण लगायतका घटनामा केही कमी आएको हो कि भन्ने महशुस भैरहेको बेला घटेको यस घटनाले उद्यमी व्यवसायीलाई पुन: त्रसित बनाएको छ । मुलुुकको आर्थिक अवस्था केही गतिशील भैरहेको अवस्थामा उद्यमी व्यवसायीहरू नै अपहरणमा पर्ने अवस्था बाट उद्योग व्यवसायमा कस्तो असर पर्ला, नेपालको अर्थतन्त्र कतातिर जाने हो र नेपालको बारेमा अन्तराष्ट्रिय जगतमा कस्तो संदेश जाला, यस प्रति गम्भीर भएर सोच्नु पर्ने देखिएको छ  । 

अत: सम्पर्कविहीन श्रेष्ठको शीघ्र खोजतलास गरी निजको अवस्था सार्वजनिक गर्नुका साथै निजका परिवारलाई जानकारी गराउन जोडदार माग गर्दै यस महासंघ उद्यमी व्यवसायी लगायत आम सर्वसाधारणको सुरक्षित जीवनयापन गर्न पाउने अधिकारको पूर्ण प्रत्याभूति हुनका लागि नेपाल सरकारसंग आग्रह गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by