सबै नेउवामहासंघ सदस्यज्यूहरु

महोदय,
     
अर्थतन्त्रको महत्वपूर्ण आधारको रूपमा रहेको कृषि क्षेत्र यद्यपी निर्वाहमुखी पेशामै सिमित हुन पुगेको छ । नविनतम प्रविधि सहितको व्यवसायीकरण विना कृषि क्षेत्रको रूपान्तरण नहुने निजी क्षेत्रको दृढ मान्यता छ । पा“च वर्षमा कृषिको उत्पादन दोव्वर बनाउ“दै देशभरि कृषि मार्फत सवल अर्थतन्त्र निर्माण गर्न कृषिको व्यवसायीकरण, यान्त्रिकरण र मुल्य श्रृंखला विस्तारमा जोड दिइने कुरा नेपाल सरकारको चालु आर्थिक वर्षको बजेट कार्यक्रममा उल्लेख गरिएको छ । साथै बजेटले दीगो, फराकिलो, समन्यायिक र उच्च आर्थिक वृद्धिदर हासिल गर्न कृषि लगायतका क्षेत्रमा पू“जी, प्रविधि र अन्वेषणको विकासलाई मुख्य प्राथमिकतामा राखेको सन्दर्भ समेतलाई जोड्दै सरकारको लक्ष्य तथा प्राथमिकता समेतलाई साकार पार्ने उद्देश्यले यस महासंघ र सेजनद्वारा संयुक्त रूपमा आयोजना हु“दै आएको इको टक (ECO TALK) मा यस पटक कृषि व्यवसायस“ग नविनतम प्रविधिका क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएको अमेरिकी स“स्था EYC Labs USA को नेतृत्वमा अन्तराष्ट्रिय विज्ञहरूको सहभागितामा यही २०७५ साल असोज १४ गते, आइतवार (30th September 2018)दिउसो २ः०० बजेदेखि महासंघ सचिवालय, टेकूमा नेपालमा कृषि व्यवसायमा नविनतम प्रविधिको अवलम्वन (Adoption of Innovative Technology in Agriculture in Nepal) विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिन लागेको व्यहोरा महोदयमा सहर्ष जानकारी गराउ“दछु । 
 
कार्यक्रममा नेपाल सरकार कृषि मन्त्रालय, मन्त्रालय अन्तरगतका विभागहरू, सरोकारवाला निकायहरू, राष्ट्रिय अन्तराष्ट्रिय विज्ञहरू, बैंकर्सहरू, कृषि क्षेत्रमा लगानी गरेका लगानीकर्ता उद्यमी व्यवसायीहरू, संचारकर्मीहरूको उपस्थिति रहनेछ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अमेरिकी संस्था  EYC Labs USA का तर्फबाट कार्यपत्र प्रस्तुुत हुने उक्त कार्यक्रममा महोदयको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।  
 
भवदीय,

 
(गोपाल प्रसाद तिवारी)
निमित्त महानिर्देशक

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by