लेखनाथ उद्योग वाणिज्य संघ
लेखनाथ, कास्की

मितिः २०७३/१०/२४

 
श्री प्रमूख ज्यू
 
 
विषयः पत्रकार सम्मेलन सम्वन्धमा
 
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि "महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि" भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा यही माघ २७ देखी फागुन ८ गते सम्म संचालन हुने पश्चिमाञ्चल औद्योगिक व्यपार मेला तथा लेखनाथ महोत्सव २०७३ सम्वन्धी तयारीका क्रममा भए गरेका गतिविधीहरुवारे जानकारी दिने उदेश्यले निम्न मिति, समय र स्थानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यहांको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम
मितिः २०७३ माघ २५ गते, मंगलवार ।
समयः विहान ९:०० बजे । 
स्थानः लेखनाथ तालचोक महोत्सव स्थल
            
              
भरतकुमार अधिकारी
संयोजक
प्रचार प्रसार उपसमिति 

 
नोटः पत्रकारहरुको सुविधाका लागि विहान ८ः३० वजे होटल आनन्द अगाडि वसको व्यवस्था मिलाईएको छ । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by